सरकार र शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा वार्ता जारी

सरकार र शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा वार्ता जारी



काठमाडौं । सरकार र शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा वार्ता जारी छ ।

वार्तामा सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली र शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ ।

शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।

वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् ।