रामेछापको मन्थलीमा बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु, १२ जना घाइते

रामेछापको मन्थलीमा बोलेरो जीप दुर्घटना, २ जनाको मृत्यु, १२ जना घाइते


ग्लोब नेपाल
0
Shares

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ३ कठजोरमा आज भएको बोलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ३ कठजोरमा ६२ बर्षका कृष्ण नारायण श्रेष्ठ र १२ बर्षकी भुमिका श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा अरु १२ जना घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिएका छन् ।दुर्घटनामा घाइते भएका १२ जना मध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ । अन्यको अबस्था सामान्य भएको अस्पतालले जनाएको छ ।

घाइतेहरु सबैको मन्थली अस्पतालमा उपचार भइरहेको अस्पतालका डा. केशब सिंह धामीले जानकारी दिए । मन्थली नगरपालिका वडा नं ३ ऐरमबासबाट कठजोरतर्फ जाँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो सन्तुलन गुमाएर एक्कासी सडकमा पल्टिएको थियो । यात्रुहरु पुजा गरेर फर्किएका थिए । दुर्घटना लगत्तै स्थानीय र प्रहरी समेतको सहयोगमा घाइतेहरुको उद्धार गरिएको थियो ।