दुर्गा प्रसाईं भारतको असामबाट पक्राउ

दुर्गा प्रसाईं भारतको असामबाट पक्राउ



काठमाडौं । दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

गत चैत १५ गते भएको राजावादी हिंसात्मक प्रदर्शनका मुख्य नाइके उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।

प्रदर्शनको क्रममा प्रहरीलाई नै किच्ने गरी गाडी चढाएर भिडलाई उत्तेजित पारेलगत्तै उनी फरार थिए ।

सुरूमा सीआईबी र उपत्यका अपराध अनुसन्धान कार्यालयले खोजी थालेपनि पछि प्रसाईँलाई खोज्ने जिम्मा प्रहरीको विशेष ब्युरोले लिएको थियो ।

प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।