उर्जा राज्य मन्त्री तामाङले सचिव आचार्यलाई सोधे २४ घण्टे स्पष्टिकरण

उर्जा राज्य मन्त्री तामाङले सचिव आचार्यलाई सोधे २४ घण्टे स्पष्टिकरण


ग्लोब नेपाल
243
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

आफू मातहतको विभागले गरेको कार्यक्रममा पदीय आचरण विपरीतको कार्य गरेको भन्दै राज्य मन्त्री तामाङले सचिव आचार्यलाई स्पष्टीकरण सोधेका हुन् । सिंचाइ दिवस एवं ७२ औं वार्षिकउत्सव कार्यक्रममा सचिवले आफ्नो अपहेलना गरेको र पदीय आचरण विपरीतको काम गरेको भन्दै उनले स्पष्टीकरण सोधेका हुन् ।

राज्य मन्त्री तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा सचिवलाई पनि आशन ग्रहणका लागि आग्रह गरेपनि उनले अस्वीकार गरेपछि स्पष्टीकरण सोधिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

राज्य मन्त्री तामाङले स्पष्टीकरण पत्रमा ‘तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिस्कार गरेको हो भन्दै सोधेका छन् ।