काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएका व्यवसायी दुर्गा प्रसाईं बोकेको जहाज काठमाडौंमा ल्याण्ड भएको छ । उनलाई बुद्ध एअरको जहाजमार्फत आज काठमाडौं ल्याइएको हो ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको छ ।
प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईंविरुद्ध जाहेरी दिने तयारी छ ।
प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रसाईंलाई बिहीबार राति भारतबाट नियन्त्रणमा लिएर प्रहरीले झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याएकाे हाे ।
प्रतिक्रिया