नयाँ अनुहारहरू सहकारी ठग र साहुमारा भए : प्रधानमन्त्री ओली

नयाँ अनुहारहरू सहकारी ठग र साहुमारा भए : प्रधानमन्त्री ओली


ग्लोब नेपाल
486
Shares

झापा । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “नयाँको नाममा फैलिएको भ्रम” पछि नलाग्न जनतालाई आग्रह गरेका छन् ।

दमकमा आयोजित एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै उनले हालका केही नयाँ अनुहारहरू सहकारी ठग र साहुमारा भएको आरोप लगाए । उनले चैत १५ गते काठमाडौंमा देखिएको प्रदर्शनलाई उदाहरण दिँदै ती समूहको वास्तविक चरित्र जनता सामु प्रस्ट भइसकेको दाबी गरे ।

उनले देश अहिले स्थायित्वको दिशामा अघि बढिरहेको भन्दै अब विकास, योजना र स्थिर सरकारको समय आएको बताए । “अब नयाँ योजना आउँछ, बजेट आउँछ, रोकिएका आयोजना अघि बढ्छन्,” ओलीले भने ।

प्रधानमन्त्री ओलीले आगामी बजेटमा किसान र सुकुमबासीका समस्या सम्बोधन हुने गरी योजना बनाइने समेत उल्लेख गरे । साथै, उनले वर्तमान सरकार स्थिर रहेकाले जनताको आवश्यकता अनुसार नीतिगत सुधार गरिने विश्वास व्यक्त गरे ।