काठमाडौं । बसिर अहमेदको उत्कृष्ट ब्याटिङका बावजुद हङकङमा भएको चारदेशीय टी–२० शृंखलाको फाइनलमा नेपाल पराजित भएको छ ।
आइतबार हङकङको मोङ कोकमा सम्पन्न रोमाञ्चक खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो ।
बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाए । उनले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।
९२–८ को नाजुक स्थितिबाट बसिरले नवौँ विकेटका निम्ति नन्दन यादवसँग ७२ रनको साझेदारी गर्दै नेपालको आशा जगाएका थिए ।
नेपाललाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको थियो । पहिलो बल नोबल भयो र त्यसमा बसिरले छक्का हाने । एक बलमा सात रन आएपछि नेपाललाई ५ बलमा ४ रन मात्र चाहियो ।
त्यसपछिका दुई बल डट खेलेर बसिरले तेस्रो बललाई छक्का हान्न खोज्दा उनी क्याच आउट भए ।
ओपनर आसिफ सेखले ११ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाए । यसबोहक, नेपालका कुनै पनि ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । नेपालका कुशल मल्ल गोल्डेन डक हुँदा दीपेन्द्रसिंह ऐरी डक भए ।
कुवेतका चेन्थामाराले तीन विकेट लिए । यासिन पटेल र नविनराज राजेन्द्रनले समान दुई विकेट लिँदा मोहमेद अस्लाम र मोहमेद साफिकले समान एक विकेट लिए ।
प्रतिक्रिया