नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन ८ वैशाखमा

नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन ८ वैशाखमा



काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन ८ वैशाखमा हुने भएको छ ।

आइतबार निर्वाचन समितिले ८ वैशाखमा स्ववियु निर्वाचन हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले उच्च अदालत पाटनको ‘यथाशक्य चाँडो स्ववियु निर्वाचनको प्रक्रिया अघि बढाउनू’ भन्ने आदेश कार्यान्वयन गर्न तालिका सार्वजनिक गरिएको हो ।

यसअघि ५ चैतका लागि तोकिएको स्ववियु निर्वाचन विद्यार्थी संगठनहरूको विवादका कारण हुन सकेको थिएन ।