काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स एफसी र बुटवल लुम्बिनी एफसी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।
प्रतियोगितामा पोखरा ५ खेलमा ५ अंकका साथ तालिकाको पाँचाैं स्थानमा छ । बुटवल ५ खेलमा १ अंकका साथ पुछारमा छ ।
१० टोली सहभागी प्रतियोगितामा धनगढी एफसी शीर्ष स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ । दोस्रो स्थानको ललितपुर सिटी एफसी पनि प्लेअफमा पुगेको छ ।
प्रतिक्रिया