प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक घण्टा लामो भेटवार्ता भएको हो ।

सरकारप्रति कांग्रेस नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेको बेलामा प्रधानमन्त्री ओलीले देउवासँग छलफल गरेका हुन् ।

भेटपछि दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र बाहिर चलेजस्तो कुनै समस्या नभएको निष्कर्ष निकालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केही दिनभित्रैमा डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताएका छन् ।

नयाँ वर्षसँगै नयाँ सरकार आउन सक्ने भन्दै प्रतिपक्षी नेता पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएसँगै राजनीतिमा विभिन्न कोणबाट विमर्श भइरहेको छ ।

देउवासँग भेटेपछि प्रधानमन्त्री ओलीले आजै बस्नेगरी मन्त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । बैठक बेलुका ६ बालुवाटारमा बस्नेछ ।