सर्वोच्चद्वारा छविलाललाई थुनामा पठाउनुको कारण पेश गर्न आदेश

सर्वोच्चद्वारा छविलाललाई थुनामा पठाउनुको कारण पेश गर्न आदेश



काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले जोशीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले गत साता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो ।

बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्वडीआईजी जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको हो ।

जिल्ला अदालत रुपन्देहीले उनलाई थुनामा पठाउनुपर्ने भनी गरेको आदेशलाई उच्च अदालतको बुटबल इजलासले सदर गरेको हो ।