काठमाडौं । नेपाली कांग्रेसले केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । बैशाख १७ गते बुधवार दिउँसो १ः०० बजे बस्ने गरी केन्द्रिय कार्यसमितिको बैठक बोलाइएको हो ।
उक्त बैठकमा केन्द्रिय समितिका पदाधिकारी, सदस्य एवम आमान्त्रित सदस्यहरूको उपस्थितिका हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
पछिल्लो राजनीतिक अवस्था, सरकारको समीक्षा, दिइएको समयमा पनि महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको विषयमा निर्णय लगायतका एजेन्डामा बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया