हारे पनि सेमिफाइनल पुग्याे बार्सिलोना

हारे पनि सेमिफाइनल पुग्याे बार्सिलोना



काठमाडौं । बोरुसिया डर्टमुन्ड २०२५ मा पहिलोपटक बार्सिलोनालाई हराउने टोली बन्न सफल भयो । तर, डोर्टमुन्ड समग्रमा ५–३ को हार भोग्दै च्याम्पियन्स लिगको सेमिफाइनल होडबाट बाहिरिएको छ ।

सर्हाउ गुइरासीले ह्याट्रिक गरे पनि डर्टमुन्डलाई ३–१ को जित पर्याप्त हुन सकेन । किनभने पहिलो लेगमा बार्सिलोनाले ४–० को एकतर्फी जित हात पारेको थियो ।

यस खेलमा रफिन्हा र लेवान्डोव्स्कीजस्ता स्टार फरवार्ड चल्न सकेनन् । रफिन्हाको एक कमजोर प्रहारबाहेक खास अवसर सिर्जना गर्न सकेनन् ।

गुइरासीको प्रदर्शनले उनलाई यस सिजनको च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता (१३ गोल) बनाएको छ ।

११औं मिनेटमा गुइरासीले पेनाल्टीमार्फत गोल गरे । पास्कल ग्रोससँग बार्सिलोनाका गोलकिपर वोज्चेक शेज्नी ठोक्किएपछि पेनाल्टी दिइएको थियो ।

त्यसपछि ४९औं मिनेटमा हेडरमार्फत दोस्रो गोल गरे। यद्यपि, ५४औं मिनेटमा डर्टमुन्डका रामी बेन्सेबाइनीको आत्मघाती गोलले खेल १–१ को बराबरीमा आयो ।

७६औं मिनेटमा गुइरासीले बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोको गल्तीको फाइदा उठाउँदै नजिकबाट शक्तिशाली प्रहार गर्दै ह्याट्रिक पूरा गरे ।

डर्टमुन्डले सन् २०१७ को बार्सिलोना–पिएसजीले जस्तै ऐतिहासिक पुनरागमन गर्ने आशा जगाएको थियो ।
तर, अन्तिमसम्म बार्सिलोना बलियो रह्यो र सेमिफाइनलमा पुग्न सफल भयो ।