काठमाडौं । बलिङमार्फत शानदार कमब्याक गर्दै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको छ ।
मंगलबार भएको खेलमा कोलकाताविरुद्ध १११ रनको योगफल डिफेन्ड गर्दै पञ्जाब १६ रनले विजयी हुँदै चौथो जित पनि दर्ता गरेको छ । यो आईपीएल इतिहासमा डिफेन्ड भएको सबैभन्दा कम योगफल हो ।
११२ रनको लक्ष्य पछ्याएको कोलकाता १५.१ ओभरमा ९५ रनमा अलआउट भयो ।
कोलकाताका अङकृश रघुवंशीले सर्वाधिक ३७ रन बनाए । पन्जाबका लागि युजबेन्द्र चाहलले ४ र मार्की जानसेनले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाबले १५ ओभर ३ बलमा १ सय ११ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले ३० रन बनाए । प्रियान्स आर्याले २२ रन जोडे ।
कोलकाताका हर्षित रानाले ३ विकेट लिए । यस्तै वरूण चक्रवर्ती र सुनिल नराइनले २/२ विकेट लिए ।
६ खेलमा ४ मा जीत र २ मा हार बेहोरेको पन्जाब ८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । सात खेलमा ३ जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित छैटौं स्थानमा छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।
प्रतिक्रिया