काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज ललितपुर सिटी एफसी र झापा एफसीबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
दुवै टिमको यो अन्तिम लिग खेल हो । तर, दुवैको अवस्था फरक छ । ५ खेलबाट ११ अंकसहित ललितपुर दोस्रो स्थानमा छ । झापाको ५ खेलबाट ४ अंक मात्र छ र छैटौं स्थानमा छ ।
साविक विजेता ललितपुरले यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने पक्का भइसकेको छ ।
अर्कोतर्फ झापा एफसी भने प्लेअफ होडबाट बाहिरिसकेको छ । मंगलबार पोखरा थण्डर्सले बुटवल लुम्बिनीलाई हराएपछि झापा अन्तिम लिग खेल्नुअघि नै बाहिरिएको हो । झापाको अब सान्त्वना जितसहित लिग टुङ्गाउने योजनामा छ ।
प्रतिक्रिया