दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै



काठमाडौं । बुधबार दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे संयन्त्रको बैठक बस्ने तयारी छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।

भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिको विभिन्न समस्या समाधानका लागि उपायहरूको खोजी गर्न संयन्त्रको बैठक बोलाउने समझदारी बनेको हाे ।

सरकारले वैशाख १२ गते सुरू हुनेगरी संघीय संसदको बर्खे अधिवेशन बोलाएको छ ।