काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीमा सात बुँदे असहमति जनाएका छन् । बुधबार ट्विटरमा सात असहमति लेख्दै उनले वर्तमान सरकारको प्रवृत्ति समर्थनयोग्य नभएको समेत टिप्पणी गरेका छन् ।
महामन्त्री शर्माले लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन। मुख्य दुई दल सम्मिलित सरकारको गति सन्तोषजनक भएन। कमजोरी केलाऊँ, लय मिलाऊँ, गति बढाऊँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।’
महामन्त्री शर्माले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिविको उपकुलपति प्रकरण, राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआईजी नियुक्तको विषय विवादका रूपमा उठाएका छन् ।

प्रतिक्रिया