काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।
मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको मुम्बई २ मा जीत र ४ मा हारसहित ४ अंकका साथ सातौं स्थानमा छ ।
समान खेलमा समान अंक रहेको हैदराबाद रनरेटका आधारमा तालिकाको नवौं स्थानमा छ । आईपीएलमा दिल्ली क्यापिटल्स १० अंकका साथ शीर्ष स्थानमा छ ।
प्रतिक्रिया