काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारी र मन्त्रीहरुबीच बूढानीलकण्ठमा छलफल भएको छ । देउवा निवास बुढानीलकण्ठमा जारी छलफलमा सबैजसो पदाधिकारी र मन्त्रीहरु पनि सहभागी छन् ।
सरकारमा देखिएको असन्तुष्टिपछि कांग्रेसमा छलफल गर्न बोलाइएको सभापति निकट स्रोतले जानकारी दिएकाे छ ।
एमालेसँग सत्ता सहकार्य थालेको ९ महिना पुग्दा कांग्रेसभित्र असन्तुष्टि बढ्न थालेको छ । पछिल्लो समय कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायले चर्को असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
कांग्रेसमा असन्तुष्टि बढेपछि हिजो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियाे । बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी भएनन् ।
प्रतिक्रिया