आईपीएलमा आज बेंगलुरु र पञ्जाब खेल्दै

आईपीएलमा आज बेंगलुरु र पञ्जाब खेल्दै



काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र पञ्जाब किङ्स आमनेसामने हुँदै छन् ।

खेल बेलुकी पौने ८ बजेदेखि बेंगलुरुको घरेलु मैदानमा एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।

बेंगलुरु र पञ्जाब दुवै टोलीले यस सिजन हालसम्म समान ६ खेल खेल्दा समान ४ जित र २ हारसहित ८ अंक जोडेका छन् । नेट रनरेटको मात्र अन्तर रहँदा बेंगलुरु तेस्रो र पञ्जाब चौथो स्थानमा छन् ।

बेंगलुरुले दुवै हार घरेलु मैदानमा नै बेहोरेको छ । घरेलु मैदानमा यस सिजन जित निकाल्न नसकेको बेंगलुरुका लागि हारको ह्‍याट्रिक टार्ने दबाब हुनेछ । दुवै टोलीले आ-आफ्ना पछिल्ला खेल जितेर आएका छन् ।

आजको खेल जित्ने टोलीलाई शिर्षस्थानमा पुग्ने अवसर पनि छ । शीर्षमा रहेको दिल्लीको ६ खेलमा १० अंक छ । आजको खेल जित्ने टोली नेटरनरेटमा दिल्लीलाई पछि पार्दै शीर्षमा उक्लिन सक्छ । पञ्जाबलाई भने केही ठुलै अन्तरको जित आवश्यक हुनेछ ।