विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन् । बिहीबार साँझ सम्पन्न निर्वाचनमा गिरीले १७३ मत प्राप्त गरी, प्रतिस्पर्धी रोहित कोइरालालाई १२१ मतले पराजित गरेका हुन् ।
कुल ३१४ प्रतिनिधिमध्ये ३०८ जनाले मतदान गरेका थिए । गिरी नेतृत्वको प्यानलले अन्य पदमा समेत विजय हासिल गरेको छ । उपाध्यक्षमा सुरज न्यौपानेले १४५ मत प्राप्त गरी विराटनगर महानगरपालिका ८ का वडा अध्यक्ष राम पोख्रेललाई १३६ मतले हराएका छन् ।
सचिवमा विज्ञान चापागाईँले १८३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई ७९ मतको फराकिलो अन्तरले पराजित गरेका छन् । यसैगरी, उपसचिवमा हमिद आजादले १७८ मत प्राप्त गरी चन्द्र शेखर विश्वासलाई ८० मतले पछाडि पारेका छन् ।
महिला उपसचिवमा हिमा मैनाली पोखरेलले १६९ मत हासिल गरी कला डाँगीलाई ५८ मतको अन्तरले पराजित गरेकी छन् । डाँगीले १११ मत प्राप्त गरेकी थिइन् ।
प्रतिक्रिया