कर्मचारी ट्रेड युनियन सञ्जालले बुझायो राज्य व्यवस्था समितिमा मागपत्र

कर्मचारी ट्रेड युनियन सञ्जालले बुझायो राज्य व्यवस्था समितिमा मागपत्र



काठमाडौं । निजामती कर्मचारी आवद्ध संघ संगठनले राज्य व्यवस्था समितिमा ११ बुँदे मागपत्र बुझाएका छन् ।

संघीय निजामती ऐन जारी गर्नुपर्ने मुख्य मागसहित संघर्ष थालेका ६ वटा कर्मचारी ट्रेड युनियन सञ्जालले समिति सभापति रामहरि खतिवडालाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

यसअघि भएका सहमति, अदालतको आदेश कार्यान्वयन उनीहरूको मूख्य माग छ । ट्रेड युनियनहरूले ११ बुँदे माग बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।

यसअघि आजै कानूनमन्त्री अजयकुमार चौरसियालाई उनीहरूले ज्ञापन पत्र बुझाएका छन् । अब मुख्यसचिव एकनारायण अर्याललाई पनि उनीहरूले भेट्ने कार्यक्रम छ ।