विश्वकप छनोटको निर्णायक खेलमा भोलि नेपाल र अफगानिस्तान खेल्दै

विश्वकप छनोटको निर्णायक खेलमा भोलि नेपाल र अफगानिस्तान खेल्दै



काठमाडौं । यू-१९ विश्वकप एशिया छनोटको अन्तिम तथा निर्णायक खेलमा भोलि नेपाल र अफगानिस्तान खेल्दैछन् । तल्लो मूलपानी मैदानमा हुने यो खेल बिहान साढे ९ बजे शुरू हुनेछ ।

यो खेलको विजेता टोलीले जिम्बावे र नामिबियामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपाल र अफगानिस्तानले यसअघिका तीन वटै खेल जितेका छन् ।

नेपालले यूएईलाई ५ रन, ओमानलाई ८ विकेट र हङकङलाई ९ विकेटले हराएको थियो । यस्तै अफगानिस्तानले ओमान र हङकङलाई समान ८ विकेट र यूएईलाई १ सय ८० रनले हराएको थियो ।

अङ्क तालिकामा नेट रनरेटका आधारमा नेपालभन्दा अफगानिस्तान अघि छ । यस्तोमा विश्वकपमा छनोट हुन नेपालले भोलिको खेल जित्नैपर्ने हुन्छ । यदि वर्षाले खेल अवरुद्ध भएमा अफगानिस्तानलाई फाइदा हुनेछ ।

नेपालले यसअघि आठ पटक यू-१९ विश्वकप खेलिसकेकाे छ ।