काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज साबिक विजेता ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे दशरथ रङ्गशालामा शुरू हुनेछ ।
आजको खेलमा विजेता हुने टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरमा विजयी हुने चितवन र पोखरामध्ये एक टोलीसँग खेल्ने छ ।
भोलि चितवन र पोखराबीच खेल हुनेछ । अर्को खेल बुधवार र तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
प्रतिक्रिया