काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूलाई लक्षित गर्दै धमिलो पानीमा माछा मार्ने दुस्साहस भइरहेकाे बताएका छन् ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चाको खबरदारी सभालाई सम्बोधन गर्दै सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका हुन् ।
उनले भने, ‘तपाईँहरूले पनि साथ दिनुस्, अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ। त्यो अहिलेको सरकारका गलत कामका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन् । त्यो सफल हुने छैन ।’
उनले प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन आह्वान गरे ।
पछिल्लो समय कहीँ न कहीँ आफ्नो वर्गप्रतिको एकता कमजोर हुँदै गएको स्वीकारेका छन् । उनले अहिले आफूहरू आत्मालोचनासहित उत्पीडित वर्ग र समुदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढेको बताए ।
नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए ।
प्रतिक्रिया