काठमाडौं । गणतन्त्रका पक्षधरहरू एक हुनेगरी अघि बढ्न शीर्ष तीन दलबीच सहमति भएको छ ।
शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा शीर्ष तीन नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन एक भएर अघि बढ्ने सहमति भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
प्रतिक्रिया