काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । हिजो भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै ललितपुर फाइनलमा प्रवेश गरेको हो ।
दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरका पापा केवे र केर्भन्स बेलफर्टले एक–एक गोल गरे । यस्तै धनगढीका जर्ज प्रिन्स कार्कीले एक गोल गरे ।
पराजित भएको धनगढीले दोस्रो क्वालिफायरमा आज चितवन र पोखराबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ । दोस्रो क्वालिफायरको खेल बुधवार र तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
पहिलो क्वालिफायर खेलमा दुई रातो कार्डका कारण फाइनल खेल अघिनै टिम ललितपुरलाई ठूलो झट्का लागेको छ ।
खेलको सुरुवातमा धनगढीका मोहमद अल जाउनीबाट खराब ट्याकल ब्यहोरेका ललितपुरका मणिकुमार लामाले उल्टै रातो कार्ड पाएका थिए । छातिमा कडा ट्याकल खाएका मणिलाई खेलको १६ औं मिनेटमा मुख्य रेफ्री उमेश बिडारीले मैदान बाहिरको बाटो देखिएका थिए ।
खेलको अन्तिममा समेत रेफ्री बिडारीले ललितपुरका पापे डिकेटलाई रातो कार्ड देखाए । खेल सकेर मैदान बाहिर निस्किएका बिडारीले ललितपुरका कप्तान अनन्त तामाङलाई समेत पहेलो कार्ड दिए ।
रेफ्रीबाट गरिएको गलत निर्णयको ललितपुरले विरोध गरेको छ । उसले रेफ्रीको स्तरमाथि गम्भिर प्रश्न उठाउँदै निर्णयविरुल अपिलमा जाने बताएको हो ।
प्रतिक्रिया