काठमाडौं । राप्रपाका नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लन्च वार्ता गरेका छन् । शुक्रबार बिहान करिब डेढ घण्टा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेतासँग ‘लन्च वार्ता’ गरेकाे खुलेकाे छ ।
पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास निर्मल निवास पुगेका थिए ।
वर्तमान व्यवस्था विरुद्ध राजावादीको गतिविधि बढिरहेका बेला पूर्वराजाले राप्रपाका नेताहरूलाई भेटेर राजनीतिक कुराकानी गरेको खुलेको छ ।
नयाँ वर्षको शुभकामना आदानप्रदान भनिए पनि छलफल मूलतः राजनीतिक विषयवस्तुमै केन्द्रित रहेर खुलेर कुराकानी भएको भेटमा सहभागी राप्रपाका एक नेताले बताए ।
छलफलमा तीनकुने घटना, नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को गठनका साथै देशको वर्तमान अवस्थाका सन्दर्भमा कुराकानी भएको बताइएकाे छ ।
प्रतिक्रिया