काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस नेपाल आउने भएका छन् । यसअघि उनी शुक्रवार नेपाल आउने तय भएकोमा बिरामी भएका कारण स्थगित भएको थियो । अब रोबर्टाे कार्लाेस पर्सि मंगलबार काठमाडौं आइपुग्ने भएका छन् ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा उनी अतिथिका रूपमा नेपाल आउन लागेका हुन् । उनले बुधवार हुने दोस्रो क्वालिफायर रङ्गशालामा पुगेर हेर्ने एनएसएलले जनाएको छ । रोबर्टाे कार्लाेसले मंगलबार नै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन् ।
सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए । कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७ सय ५६ खेलमा ९७ गोल गरेका छन् ।
प्रतिक्रिया