काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स एफसी चितवनलाई हराएर दोस्रो क्वालिफायरमा पुगेको छ ।
आइतबार दशरथ रंगशालामा भएको एलिमिनेटरको खेलमा एफसी चितवनलाई ३-० गोलले हराएर पोखरा फाइनल नजिक पुगेको हो ।
चितवनका अभिषेक लिम्बूले ६३ मिनेटमा गरेको आत्मघाती गोलबाट पोखराले अग्रता लियो ।
जोए एइडोले ७२ मिनेटमा गरेको गोलबाट पोखराले अग्रता दोब्बर पार्यो । उनले नै फेरी ७६ मिनेटमा तेस्रो गोल गर्न सफल भए ।
अब दोस्रो क्वालिफायरमा अब पोखराले धनगढी एफसीसँग खेल्नेछ । धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग पराजित भएको थियो ।
अब पोखरा र धनगढीबीचको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग खेल्नेछ । तेस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
प्रतिक्रिया