काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।
मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो ।
शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरेको २० दिनमा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी हुन् ।
मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसँग भेटघाट समेत गरेकी थिइन् । त्यसक्रममा उनले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुँदै गरेको र यसलाई चाँडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहेकाे बताएकी थिइन् ।
पछि शिक्षा मन्त्रालयले शिक्षकहरूलाई पटक-पटक वार्ताका लागि बोलाएको थियो । तर शिक्षकहरूले भने अटेर गर्दै आएका थिए ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास पुगेर उनले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा पत्र थमाएकी हुन् । आजै केहीबेर पछि मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
प्रतिक्रिया