बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

शिक्षकको माग सम्बोधन हुन नसकेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको केहीबेरपछि बैठक सुरु भएको थियाे । बैठकबाट शिक्षकहरुको मागका सम्बन्धमा मन्त्रिपषिद्ले निर्णय गर्ने अपेक्षा गरिएको छ ।

सम्भवतः आजकै मन्त्रिपरिषद्बाट शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुनेछ ।

सरकारले शिक्षकहरुको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरेपनि शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।