प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन

प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन



काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १५ सदस्यीय आयोग गठन गरेको हाे ।

आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य रहने बताइएको छ ।

त्यस्तै, निजी क्षेत्रबाट पनि आयोगमा प्रतिनिधित्व रहने बताइएकाे छ ।