ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस आज काठमाडौं आउने

ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस आज काठमाडौं आउने



काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस नेपाल आउँदैछन् । यसअघि उनी गएको शुक्रवार नेपाल आउने तय भएकोमा बिरामी भएका कारण स्थगित भएको थियो ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा उनी अतिथिका रूपमा नेपाल आउन लागेका हुन् । उनले भोलि हुने दोस्रो क्वालिफायर रङ्गशालामा पुगेर हेर्ने एनएसएलले जनाएको छ ।

दोस्रो क्वालिफायरमा भोलि फाइनल प्रवेशको लागि पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् । ललितपुर सिटी यसअघि फाइनलमा पुगिसकेको छ । फाइनल खेल आउँदो शनिवार हुनेछ । रोबर्टाे कार्लाेसले आजै ठमेलको एलओडी क्लबमा पनि विशेष उपस्थिति जनाउने छन् ।

सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए । कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् । यस्तै उनले क्लबबाट ७ सय ५६ खेलमा ९७ गोल गरेका छन् ।