इङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हरायो

इङ्लिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हरायो



काठमाडौं । इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई हराएको छ ।

गएराति भएको खेलमा नटिङ्घम फरेस्टले टोटनह्यामलाई २–१ ले पराजित गरेको हो । जीतसँगै तेस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टको ६० अंक भएको छ । टोटनह्याम भने ३७ अंकसहित १६औं स्थानमा छ ।

प्रिमियर लिगमा शीर्ष स्थानको लिभुरपुलको ७९ अंक रहेको छ । ६६ अंकसहित आर्सनल दोस्रो स्थानमा छ ।