प्लास्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरापलिकाको आग्रह

प्लास्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरापलिकाको आग्रह



काठमाडौं । काठमाडौं महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभाबी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानी गर्ने बताए ।

महानगरबाट फोहर संकलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर बिसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरे । उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरे ।