मुलपानीकाे दुई मैदानमा १२ वटा अभ्यास खेल खेलाइने

मुलपानीकाे दुई मैदानमा १२ वटा अभ्यास खेल खेलाइने

५२ खेलाडीलाई चार टोलीमा विभाजन



काठमाडौं । नेपालले जुन पहिलो साता स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग-२ को तयारीकाे लागी अभ्यास खेलहरू सञ्चालन गर्ने भएकाे छ ।

शनिबारदेखि मुलपानीका दुई वटा मैदानमा बन्द प्रशिक्षणका खेलहरु हुनेछन् । जसमा ६ दिनमा १२ वटा खेलहरू हुनेछन् । दुवै मैदानमा दिनको एक खेल हुनेछन् ।

जसमा ५२ खेलाडीलाई १३-१३ खेलाडी सम्मिलित चार टोली बनाइएको छ ।

चार टोलीमा टिम ब्लूको कप्तान रोहितकुमार पौडेल, टिम ग्रिनको कप्तानमा आसिफ शेख, टिम रेडको कप्तानमा सन्दीप लामिछाने र टिम एल्लोको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक स्टुअर्ट ल शुक्रबार नेपाल आइपुग्दैछन् । स्टुअर्टले आफू आएको भोलिपल्टैबाट अभ्यास खेलहरू सञ्चालन गर्ने भएका हुन् ।

टिम ब्लू

कप्तान: रोहित कुमार पौडेल
विकेटकिपर: प्रज्वल थापा, अनिलकुमार साह
देव खनाल
शाकिब हक
सूर्य तामाङ
सन्दीप जोरा
कुशल मल्ल
गुलशनकुमार झा
हेमन्त धामी
करण केसी
दीपेश प्रसाद कँडेल
युबराज खत्री

टिम ग्रिन

कप्तान/विकेटकिपर: आसिफ शेख
विकेटकिपर: दिलीप नाथ
सोमपाल कामी
इशान पाण्डे
अर्जुन कुमाल
आकाश त्रिपाठी
सागर ढकाल
बिबेककुमार यादव
पवन सर्राफ
रिजन ढकाल
शेर मल्ल
रासिद खान
सन्तोष यादव

टिम रेड

कप्तान: सन्दीप लामिछाने
विकेटकिपर: अर्जुन साउद
त्रित राज दास
भीम सार्की
शुभ कंसाकार
शाहब आलम
बसिर अहमद
आरिफ शेख
लोकेश बम
नन्दन यादव
आकाश चन्द
प्रतिस जिसी
नरेन भट्ट

टिम एल्लो

कप्तान: दीपेन्द्र सिंह ऐरी
विकेटकिपर: विनोद भण्डारी, अर्जुन घर्ती
मयन यादव
कुशल भुर्तेल
सुजन थपलिया
ललितनारायण राजवंशी
किरण ठगुन्ना
अभिनाश बोहरा
रूपेशकुमार सिंह
कमलसिंह ऐरी
विशाल पटेल
दीपेन्द्र रावत