काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी लिएर काठमाडौं आउन कर्मचारीलाई निर्देशन दिएको छ ।
देशभरका मातहतका निकायहरूलाई सार्वजनिक सूचना जारी गर्दै २४ घण्टाभित्र विद्यालयको चाँबी लिएर काठमाडौं आउन निर्देशनात्मक अनुरोध गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले कर्मचारीलाई खटाएर भएपनि कक्षा १२ को परीक्षा गर्ने तयारी गरेपछि त्यसका विरुद्धमा २४ घण्टामा चाबी लिएर काठमाडौंका आन्दोलनमा सहभागी हुन निर्देशन दिएको हो ।
शैक्षिक हडताल भइरहेको बेला समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तन तथा कर्मचारीहरुको हक अधिकार स्थापित गर्ने परिवर्तनमा अघि बढ्न भनेको छ ।
त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिक्षकहरूलाई धम्की आएको भन्दै नेपाल शिक्षक महासंघले उक्त कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई बोर्डका पदाधिकारी र जिल्ला प्रशासनबाट धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाब आएको जनाएको छ ।
विगत २१ दिनदेखि काठमाडौंमा आन्दोलन जारी रहेको भन्दै महासंघले कक्षा १२ को परीक्षा प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीहरूला आग्रह समेत गरेको छ ।

प्रतिक्रिया