काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नभएको दाबी गरेको छ ।
समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष अग्निप्रसाद सापकोटाले ओली सरकार आफ्नो औचित्य पुष्टि गर्न पूर्ण असफल भइरहेको बताए ।
‘वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ । वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ, उनले भने, ‘यो सरकार असफल भइसक्यो, एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । यो गठबन्धन अप्राकृतिक, अपार्दशी र संवैधानिक नैतिकता विपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन ।’
कांग्रेस-एमाले सरकारले प्रचण्ड नेतृत्वमा अघि बढाइएको भ्रष्टाचारविरोधी अभियानलाई राकेर सुशासन कामय गर्न लागेका अधिकारीलाई छानीछानी दण्डित गरिरहेको उनको आरोप छ ।
सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरित बनेको आरोप लगाउँदै देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको बताए ।
प्रतिक्रिया