ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङ बर्खास्त


ग्लोब नेपाल
2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । सरकारले गरेका निर्णयविरुद्ध सार्वजनिक विरोध गरेसँगै ओलीले तामाङलाई बुधबार अपराह्न बर्खास्त गरेका हुन् ।

ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएपछि असन्तुष्टि जनाएका थिए । सरकारमा बसेर सरकारको विपक्षमा बोलेको भन्दै ओली राज्य मन्त्री तामाङसँग रिसाएका थिए ।