शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, शपथ भोलि

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, शपथ भोलि


ग्लोब नेपाल
864
Shares

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गरेका हुन् ।

शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिस गरेको थियो ।

पन्तको शपथ ग्रहण भोलि हुनेछ ।