आईपीएल क्रिकेटमा आज बेंगलुरु र राजस्थान खेल्दै

आईपीएल क्रिकेटमा आज बेंगलुरु र राजस्थान खेल्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र राजस्थान रोयल्स खेल्दैछन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरू हुने छ । बेंगलुरु ८ खेलमा १० अंकसहित तालिकाको चौथो स्थानमा छ । राजस्थान समान ८ खेलमा चार अंकसहित तालिकाको आठौं स्थानमा छ ।

आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच कुल ३३ खेल भएकोमा बेंगलुरुले १६ र राजस्थानले १४ खेल जितेको छ । तीन वटा खेल अनिर्णित भएका छन् । गएराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएकाे थियाे ।