काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा बिहीबर नेकपा (एमाले)ले काठमाडौंको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेशन)को आयोजना गरेको छ ।
जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको छ । स्वदेशमा रोजगारी र समृद्धिका लागि युवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।
एमालेनिकट युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनीका करिब एक लाख युवा सहभागी हुने बताए । कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्ने र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलसहित अन्य वक्ता सबै युवा हुने छन् ।
कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् ।
प्रतिक्रिया