संघीय संसदमा प्रधानमन्त्री ओलीले आज गर्ने भनेको सम्बोधन स्थगित

संघीय संसदमा प्रधानमन्त्री ओलीले आज गर्ने भनेको सम्बोधन स्थगित



काठमाडौं । संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

‘प्रचण्ड’ गोरखा भूकम्प गएको १० वर्ष पुगेको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुन बारपाक पुगेका छन् ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि देशबाहिर छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभामा आज उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।