सत्ता समीकरणमा खटपट भएको छैन : देउवा

सत्ता समीकरणमा खटपट भएको छैन : देउवा

सरकार परिवर्तनको कुराले छक्क परेँ : आरजु



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरण फेरबदल हल्लामात्रै भएको बताएका छन् । उनी थाइल्यान्डबाट फिर्ता हुने क्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सत्तारुढ दलभित्र खटपट सुरु भएको हो भन्ने प्रश्नमा सभापति देउवाले भने, “केही भएको छैन ।”

सत्ता समीकरण फेरबदलसम्बन्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले राखेको अर्को प्रश्नमा उनले हल्लामात्रै भएको बताए ।

त्यसैगरी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको बताइन् । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले खुलाइन् ।

थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई पत्रकारहरुले सरकार परिवर्तनको हल्लाबारे सोधेका थिए ।

सो जिज्ञासामा उनले मनोरञ्जनका लागि हल्ला चलाइएको बताइन् । ‘तपाईंहरुले आफैं भन्नुभो हल्ला भनेर,’ उनले भनिन्, ‘अलिअलि इन्टरनेटमेन्टका लागि पनि यस्ता न्यूजहरु आउने गर्छ ।’

सरकार परिवर्तनबारे आएका समाचार हेरेर छक्क परेको उनले बताइन् । उनले थपिन्, ‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला । विदेशमा गएर त यहाँको सरकार परिवर्तन हुँदैन ।’