२०८४ को चुनावपछि माओवादी खोज्नुपर्ने परिस्थितिमा पुग्छ: महेश बर्तौला

२०८४ को चुनावपछि माओवादी खोज्नुपर्ने परिस्थितिमा पुग्छ: महेश बर्तौला



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले २०८४ को चुनावसम्म कांग्रेस एमाले सहकार्यमा जाँदा माओवादी खोज्नुपर्ने ठाउँमा पुग्ने भएकाले प्रचण्डले सरकारबारे भ्रम फैलाउँदै हिँडेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पारे ।

उनले भने, ‘कांग्रेस-एमालेबीच कुनै समस्या छैन, प्रचण्डजीलाई यो दुई पार्टीको सहयात्रा २०८४ सम्म पुग्यो भने माओवादीलाई खोज्नुपर्ने परिस्थिति निर्माण हुन्छ । त्यही भयले प्रचण्डले बिहान उठ्नेबित्तिकै सरकार ढल्छ भन्नुहुन्छ, सुत्ने बेलामा सरकार ढल्छ भन्नुहुन्छ ।’

उनले कांग्रेससँग सहकार्य जारी राखेर २०८४ को चुनावमा एमालेले एकल बहुमत ल्याउने दाबी गरे ।