एनएसएलको विजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउने

एनएसएलको विजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउने



काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग लिग (एनएसएल) फुटबलको विजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै विजेताले ८० लाख रुपैयाँ पाउने बताएको हो । यस्तै उपविजेताले ३० लाख रुपैयाँ पाउनेछ । यसैगरी व्यक्तिगत विधामा पनि अवार्ड र पुरस्कार दिइने आयोजकले जनाएको छ ।

एनएसएलको उपाधिका लागि भोलि साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी खेल्दैछन् । फाइनल खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ ।