काठमाडौं । आगामी मेमा थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।
क्यानले घोषणा गरेको २४ सदस्यीय नेपाली टोलीमा इन्दू बर्मा कप्तान रहदा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
एसिया छनोटका शीर्ष दुई टोली विश्व छनोटमा पुग्नेछन् । एसिया छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन् । छनोटमा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसहित हङकङ र बहराइन छन् । समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ । फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन् ।
विश्वकप छनोटमा १० टोली भिड्नेछन् । १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।
नेपाली टोली
इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार (विकेटकिपर), सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर), ईश्वरी बिस्ट
प्रतिक्रिया