सरकार र शिक्षकबीचको वार्ता सकारात्मक

सरकार र शिक्षकबीचको वार्ता सकारात्मक

आन्दोलन जारी राख्ने महासंघको भनाइ


ग्लोब नेपाल
729
Shares

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूको जारी वार्ता सकिएको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबीचको वार्ता सकिएको हो ।

छलफललाई निरन्तरता दिएर समाधान निकालिने शिक्षा मन्त्रालयले जनाएको छ भने आन्दोलनरत शिक्षकले आजको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएको छ । माग पुरा नभएसम्म आश्वासनमा मात्र आन्दोलन नरोकिने शिक्षक महासंघको अडान छ । वार्ता सकारात्मक भए पनि आन्दोलन भने जारी राख्ने महासंघले जनाएको छ ।

शिक्षामन्त्रालयमा भएको वार्तामा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी थिए । शिक्षकहरूको आन्दोलन र उनीहरूका माग सम्बोधनका लागि छलफल केन्द्रीत रहेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।