शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक

शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि शिक्षकहरुले नै कुटपिट गरेका छन । आज (शनिबार) दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।

आपसी मतभेदका कारण १५–२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेका थिए ।

उनलाई तत्कालै प्रहरीको टोलीले मीनभवनस्थित सिभिल अस्पताल पुर्‍याएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिएका छन् । घाइते शिक्षक जोशी बोल्न सक्ने अवस्थामा छन् । उनको टाउकोमा टुटुल्को उठेको छ भने शरिरका विभिन्न भागमा चोटपटक लागेको पनि प्रहरीले जनाएको छ ।